सपोर्ट लघुवित्तको लाभांश घोषणा



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १३.७७ प्रतिशत र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी आवको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु