रास्वपा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी, प्रदर्शनकारीलाई हटाउँदै प्रहरी (लाइभ)
पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ ।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै रास्वपा नेता कार्यकर्ता पोखरामा भेला भएका हुन् ।
प्रहरीले लामिछानेलाई आज अदालत पेस गर्नुअघि रास्वपाले बिरोध प्रदर्शन गरिरहेको हो ।
तर जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेसँगै प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोजिरहेको हो ।
त्यसक्रममा प्रहरीसँग प्रदर्शनकारीको धकेला धकेल भएको हो ।
सहकारी पीडित र रास्वपाका समर्थकबीच मुठभेड हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन रोकिएको छ ।