रविलाई पोखरा लिएर गएको सीआईबीको टोली काठमाडौं फर्कियो, भोलिबाट बयान लिने तयारी
पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरि पोखरा लगरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पोखराबाट फर्किएको छ ।
प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटी नेतृत्वको प्रहरीको टोली लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्ममा लगाएर टोली काठमाडौं फर्किएको हो ।
‘हामी आज काठमाडौं फर्किँदैछौं,’ एसपी बोगटीले क्लिकमान्डुसँग भने ।
सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।
कास्की प्रहरीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पुरक जाहेरी परेपछि काठमाडौंमा पक्राउ परेका उनलाई कास्की लगिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गर्दै छ ।
लामिछानेको बयान भोलिबाट लिने प्रहरीको तयारी रहेको स्रोतको भनाइ छ ।
जिल्ला प्रहरी कास्कीको यो प्रकरण्का अनुसन्धानमा संलग्न प्रहरी स्रोतल भन्यो, ‘आज अदालतमा लगि सकेसम्म धेरै म्याद थपका लागि निवेदन दिन्छौं । भोलिबाट बयान लिने तयारी छ ।’