रौतहटको दुर्गा मेलामा पेस्तोलसहित युवक पक्राउ



काठमाडौं । रौतहटको दुर्गा मेलामा एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका ६ कर्कचका ५६ वर्षीय भोला राय यादवलाई इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरी गस्तीले पक्राउ गरेको हो ।

शंका लागेर यादवलाई चेक गर्दा उनको साथमा मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । उक्त पेस्तोल बरामद गरी यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्याग्जिन एक थान, चार राउण्ड गोली र दुई राउण्ड सर्ट गनको गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु