आणविक हतियारविरोधी जापानी संस्थालाई नोबेल शान्ति पुरस्कार



एजेन्सी । विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योले पाउने भएको छ । जापानको हिरोसिमा र नागासाकीमा विस्फोटमा परी बाँचेका मानिसहरुले चलाइरहेको संस्था निहोन हिदान्क्योले २०२४ को नोबेल शान्ति पुरस्कार पाएको हो ।

१९५६ मा स्थापना भएको उक्त संस्था विश्वलाई आणविक हतियारमुक्त बनाउने अभियानमा सक्रिय छ । यस संस्थाका व्यक्तिहरुले आणविक हतियारले मानव जातिलाई नष्ट पार्ने भन्दै आणविक हतियार सधैँका लागि मुक्त गर्नुपर्ने अभियान चलाउँदै आएका छन् ।

दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाको आक्रमणका कारण जापानका दुई सहर हिरोसिमा र नागासाकी ध्वस्त बनेका थिए । त्यस क्रममा घाइते भएका मानिसहरु अहिलेसम्म जीवीत छन् । त्यसबेला ८० हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए ।

त्यसबेला अमेरिकाले छाडेका बम यसै साता पनि विस्फोट भएको थियो । नर्वेजियन नागरिक अल्फ्रेड नोबेलको निधनपछि उनको स्मृतिमा नोबेल पुरस्कार स्थापना भएको थियो।

साहित्य, अर्थशास्त्र, विज्ञान लगायत विभिन्न विधामा नोबेल पुरस्कार हरेक वर्ष दिने गरिन्छ । साहित्य तर्फको नोबेल पुरस्कार भने कोरियाली लेखिका हान काङले पाएकी छन् । अर्थशास्त्रतर्फको पुरस्कार भने सोमबार मात्रै घोषणा हुनेछ ।

नोबेल विजेताले पदकसहित १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) प्राप्त गर्नेछन्। गत वर्ष नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिएको थियो ।


क्लिकमान्डु