सि. जी. मोबाइलको एस्ट्रो टी१८ बजारमा



काठमाडौं । सि. जी. मोबाइलले एस्ट्रो मोडलको फिचर फोनमा नयाँ मोबाइल थप गरेको छ । कम्पनीले नेपाली बजारमा एस्ट्रो टी १८ भित्र्याएको छ ।

सि. जी. मोबाइल्सको एस्ट्रो टी १८ मा १.८ इन्चको स्क्रीन रहेको छ भने डिजिटल क्यामरा, एफएम, टर्च लाइट, जीपीआरएस, एमपीथ्री तथा एमपी फोर राखिएको छ ।

यो फोनमा १,००० एमएएचको ब्याट्री प्याक छ ।

यसमा ८ जीबी मेमोरी थप्न सकिने कम्पनीले जनाएको छ । यो मोबाइलको थप विशेषता भनेको यसको छेउबाट नै टर्च बाल्न र निभाउनको लागि एउटा छुट्टै बटन रहेको छ । यस मोडलको बजार मूल्य १ हजार ९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीले नयाँ मोडलमा १०० दिनको सटही नीतिको सुविधा पनि दिएको जनाएको छ ।


क्लिकमान्डु