सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक



काठमाडौं । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हासिल गरेको छ । ८ हजार भन्दा बढी ग्राहकमा गरिएको एक सर्भेमा ब्राण्ड प्रति सर्वाधिक सन्तुष्ट ग्राहकहरु नथिङले हासिल गरेको हो ।

नथिङका अनुसार आफ्नो तेश्रो जेनेरेसनको अपरेटिङ् सिस्टम नथिङ ओएस ३ अक्टुबरमा रोल आउट गर्ने घोषणा पनि गरेको छ । नथिङले आफ्नो नयाँ बड्स नथिङ इअर ओपनको गत अक्टोवर २६ मा लण्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटिङ् सिस्टमको समेत जानकारी दिएको हो ।

स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाईन, एक्सिलेन्ट परफरमेन्स र एफोर्डेबल प्राईसिङका माध्यमबाट आम उपभोक्ताको मन हर्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा विक्री गर्दै आएको छ ।

नेपाली बजारमा नथिङले अतुलनीय विक्रीपछिको सेवा प्रदान गर्ने नीति लिएको छ । नथिङका स्मार्टफोन तथा एक्सेसोरीजमा कुनै पनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ स्मार्टफोन आफ्ना ग्राहकलाई दिने गरेको छ । नथिङका अनुसार, यी र यस्तै सेवाग्राही प्रतिको उच्च प्रतिबद्धताका कारण ग्राहक सन्तुष्टिमा नथिङ सर्बोत्कृष्ठ ब्राण्ड बन्न सफल भएको विज्ञहरुको प्रतिक्रिया रहेको छ ।

हाल नेपाली बजारमा नथिङ तथा नथिङको सब ब्राण्ड सिएमएफ बाई नथिङका स्मार्टफोन तथा एक्सेसोरीजहरु सर्बत्र उपलब्ध छन् । भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृठ फिचर र सर्बोत्कृष्ठ विक्री पश्चातको सेवाले नथिङ नेपाली बजारमा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु