दशैंको अग्रिम टिकट बुकिङ बन्द हुन लागेको हो ?



काठमाडौं । दशैंका लागि खुलाइएको सवारी साधनको अग्रिम टिकट बुकिङ यातायात व्यवसायीले बन्द गर्ने तयारी गरेका छन्।

लगातारको वर्षापछिको बाढीपहिरोले सडक बिग्रिदाँ गाडी चलाउन समस्या हुने भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अहिलेकै परिस्थितिमा साधान चलाएर यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन सकस हुने उनको भनाइ छ ।

यस विषयमा व्यवसायीले यातायात व्यवस्था विभागसँग छलफल गर्ने उनको भनाइ छ । आज तीन बजे विभागसँगको छलफल पछि निर्णयमा पुग्ने उनको भनाइ छ ।

‘बाटो अस्तव्यस्त छ । सडक मर्मतमा आश्वस्त पारेर हामीलाई ढुक्क खोलेर राख्दिनुस् भनेर विभागले भन्यो भने त्यही अनुसार हुने हो,’ उनले भने, ‘नभए टिकट मात्र दिएर पनि भएन ।’

दशैंमा घर जानेहरुका लागि असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ खुलाइएको थियो ।


क्लिकमान्डु