स्वावलम्बन लघुवित्तको लाभांश घोषणा



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले बोनस १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु