आइतबारदेखि शुक्रबारसम्म सुनको मूल्यमा हरेकदिन रेकर्ड, आज कति पुग्यो ?



काठमाडौं । छैठौं दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

शुक्रबार(आज) सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यले दैनिक रेकर्ड राख्दै आएको छ । आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार पनि सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड राखेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


क्लिकमान्डु