प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच अमेरिकामा भेटवार्ता, के भयो कुराकानी ?



न्युयोर्क(अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

अमेरिकाको न्युयोर्कमा भएको भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । ऊर्जा, व्यापार र प्रविधिका विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दिर्घकाली विद्युत व्यापार सम्झौता भएको छ । नेपालले अहिले भारतको प्रतिस्पर्धी बजारमा ७०० मेगावाटसम्म बर्खामा सरप्लस हुने बिजुली बिक्रीको अनुमति पाएको छ । थप १२०० मेगावाट निर्यातको अनुमति मागिरहेको छ ।

नेपालले बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्न लागेको छ । त्यसका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता गर्ने तयारी छ । भारतको प्रसारणलाइन प्रयोग गरेर बिजुली निर्यात गर्नुपर्छ । भारतको प्रसारणलाइन प्रयोग गर्नु परेका कारण त्रिपक्षीय सम्झौता आवश्यक भएको हो ।

सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।


क्लिकमान्डु