एनआइसी एशिया बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर ९ प्रतिशत
काठमाडौं । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । ७ वर्षे अवधिको उक्त ऋणपत्रमा ९ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
प्रतिकित्ता १००० रुपैयाँ अंकित दरले बैंकल ‘एनआईसी एशिया ऋणपत्र २०८१/८२’ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।
ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे ।
३ अर्ब बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (२ अर्व ४० करोड रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत ( ६० करोड रुपैयाँ) सर्वसाधारणहरुका लागि बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।
नेपाल धितो पत्र बोर्डको स्वकृति दिएपछि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोसन न्यौपानेले जानकारी दिए ।