फुडमाण्डूबाट खानाको परिकार अर्डर गर्नुस्, ७ प्रतिशतको छुट पाउनुस्
काठमाडौं। अर्डरअनुसारको खानाका परिकारहरु रेष्टुरेन्टबाट ग्राहकहरुसम्म पुर्याउने कम्पनी फुडमाण्डूले सातौं वर्षको अवसर पारेर विभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलन गर्दै फुडमाण्डूले शनिवारदेखि फुडमाण्डूमार्फत खानाका परिकारहरुको अर्डरमा ७ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोहर अधिकारीले फुडमाण्डूमार्फत कुनैपनि रेष्टुरेन्टबाट खानाका परिकारहरु अर्डर गरेमा सात दिनसम्म ७ प्रतिशतसम्मको छुट दिने बताए । त्यसैगरि उनले नेपालमै पहिलो पटक अनलाइन प्लेटफर्ममा डिसेम्बर १५ तारिखदेखि फुड फेस्टिभल आयोजना गर्न लागेको जानकारी समेत दिए ।
फुडमाण्डूले सातौं वार्षिकोत्सव पारेर नयाँ वेवसाइट पनि सार्वजनिक गरेको छ, सो साइट शनिवारदेखि संचालनमा आउने छ ।
कम्पनीले स्थापनादेखि हालसम्म २ लाख भन्दा बढि अर्डरमा सेवा प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
‘हामीले शुरुवाती चरणमा केवल ४ वटा अर्डर पाउँथ्यौं तर अहिले भने ग्राहकहरुको संख्या निरन्तर बढिरहेको छ,’ उनले भने ।
कम्पनीले हाल दैनिक ७ देखि ८ हजार वटा अर्डरहरु प्राप्त गरिरहेको जानकारी दिँदै वेवसाइट, मोबाइल एप तथा टेलिफोन मार्फत अर्डर आउने गरेको स्पष्ट पारेको छ । कम्पनीले छिटै नेपालमा रहेको केएफसी र पिज्जाहटको आउटलेटसँग समेत सहकार्य गर्न लागेकाे जानकारी दिएको छ ।
हाल ७० जना भन्दा बढिलाई रोजगारी दिएको कम्पनीले १७५ भन्दा बढि होटल तथा रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको छ ।