सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित



काठमाडौं । केपी ओली नेतृत्वको गठबन्धन सरकारले ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको छ । बुधबार मन्त्रिपरिषद्‍ बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरेको हो ।

सरकारले दलहरुको प्रतिबद्धता अनुरुप नै कार्यदलले तयार पारिएको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरिएको जनाएको छ । यसबारे बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङले भनेका छन्, ‘कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता आजको बैठकबाट पारित भएको छ ।’

साझा संकल्प तयार गर्न बनेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत साथै एमालेबाट उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका थिए ।

कार्यदलले बुधबार नै सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धताको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको थियो ।


क्लिकमान्डु