सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?*



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । आइतबारका सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

* प्राविधिक कारणबस त्रुटी भएकाले सच्च्याइएको छ ।


क्लिकमान्डु