औषधी बेच्ने यतिकेमले एकै वर्षमा गर्‍यो पौने ४ अर्बको व्यापार



काठमाडौं । सन् २००१ मा खुलेको यति फार्माकेम डिस्टिब्युटर्सले एक वर्षमा नै करिब पौने ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ मा यो कम्पनीले ३ अर्ब ७३ करोड ६४ लाख रुपैयाँको व्यापार गरेको हो ।

यसअघिका वर्षहरूबाटै यतिको व्यापारमा वृद्धि भइरहेको छ । सन् २०२० मा यसले २ अर्ब २९ करोड १६ लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा २ अर्ब ६१ करोड ६६ लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब ८६ करोड ४३ लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा यसले ३ अर्ब २६ करोड १२ लाख रुपैयाँको व्यापार भएको थियो।

सन् २०२४ मा यसको व्यापारमा थप वृद्धि भएर ३ अर्ब ७३ करोड ६४ लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २००१ मा खुलेको यो कम्पनी नेपालमा औषधीजन्य सामग्रीको व्यापार गर्ने गर्छ । मुख्य गरि यसले आस्थमा, डायबेटिजलगायतका रोगसँग सम्बन्धित औषधीको कारोबार गर्छ । यसले नेपाली बजारमा औषधी बेच्नुअघि भारतका उत्पादक तथा वितरकबाट ल्याउने गर्छ ।

कम्पनीको स्वामित्व प्रभुराज वैद्य र पृथ्वीराज वैद्यसँग बराबर रहेको छ ।

कम्पनीले हाल ७२ करोड ६ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा इक्रा नेपालले १५ करोड ५६ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि त्रिपल बि माइनस र ५६ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ ।


क्लिकमान्डु