कृषिमन्त्रीको प्रतिबद्धता: कृषि ऐन चाँडै ल्याउँछौं



काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन आफू प्रयत्नरत रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारणसभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा उनले यस्तो बताएका हुन् । उनले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

कृषि मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनै पनि ऐनहरु तर्जुमा गर्नका लागि सुरुवात गरिसकेको पनि मन्त्री अधिकारीले जानकारी दिए । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मल वा आवश्यक पर्ने कुनै पनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेको उनले बताए ।

यस क्रममा उनले बीउविजन नियमावली चाँडो भन्दा चाँडो पास गराउने प्रतिबद्धता जनाएका थिए । ‘कृषिसँग आबद्ध रहेका कुनै पनि ऐनहरु तर्जुमा गर्नका लागि सुरुवात गरेका छौँ । हामीले कृषि ऐन नै लामो समयदेखि ल्याउन सकेका छैनौँ, कृषि ऐन ल्याउँदैछौँ ।

कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनै पनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेका छन्,’ मन्त्री अधिकारीले भने ।

मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताएका थिए । उनले व्यवसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको पनि उल्लेख गरे ।


क्लिकमान्डु