पाँचतारे होटल अकामाको व्यापार बढ्यो, कति भयो कारोबार ?



काठमाडौं । काठमाडौंमा सञ्चालनमा रहेको पाँचतारे अकामा होटलको व्यापारमा वृद्धि भएको छ । सन् २०२३ मा अकामाले १७ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । यसअघि सन् २०२२ मा अकामाले १० करोड र सन् २०२१ मा २ करोडको व्यापार गरेको थियो ।

सन् २०१४ मा निजी कम्पनीका रुपमा सुरु भएको अकामा सन् २०२२ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । धुम्रबाराहीमा रहेको यो होटल १.१३ एकड जमिनमा फैलिएको छ भने यसमा १०८ वटा कोठाहरु रहेका छन् ।

सानिमा ग्रुप अफ कम्पनीज प्रोमोटर समूहका रुपमा रहेको अकामाको बोर्डलाई बिनय कुमार श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।

व्यापारमा वृद्धि भइरहँदा अकामाको मार्जिनमा पनि सुधार आएको छ । कम्पनीको मार्जिन सन् २०२१ मा नकरात्मक रहेकोमा सन् २०२२ मा १०.३३ प्रतिशत भएको थियो भने सन् २०२३ मा २५.०२ प्रतिशत पुगेको छ ।

हाल अकामाले रेटिङ एजेन्सीबाट १ अर्ब १० करोड ५२ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि डबल बी माइनस र ४ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ पाएको छ ।


क्लिकमान्डु