भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीको निधन



एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । नेपालसँग सुमधुर सम्बन्ध रहेका भारतीय नेता यचुरी केही समययता स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा व्यस्त थिए ।

यचुरीकी एक श्रीमति, एक छोरा र एक छोरी छन् । छोरालाई भने उनले २०२१ मा नै गुमाइसकेका थिए । उनको छोराको कोरोनाका कारण निधन भएको थियो । भारतको वामपन्थी राजनीतिमा निकै सक्रिय रहेका यचुरी नेपालसँग सुमधुर सम्बन्ध रहेका नेताको रुपमा चिनिन्थे । जीवनकालमा उनी पटक पटक नेपाल आएका थिए ।

काठमाडौंमा नेपालका केही कम्युनिस्ट पार्टीका समारोहलाई उनले सम्बोधन समेत गरेका थिए । राजनीतिक जीवनको पूर्वार्धमा भारतीय राजनीतिमा पनि प्रभावशाली मानिएका यचुरी पछिल्लो समय निस्क्रिय जस्तै थिए ।

भारतमा पछिल्लो समय उनको पार्टीको प्रभाव पनि खस्किँदै गरेको छ । भारतको चेन्नइमा जन्मिएका यचुरीले नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए ।


क्लिकमान्डु