सेन्सेइको ‘उत्सव खुसीयाली’ अभियान सुरु



काठमाडौं । सिजी इलेकट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्राण्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसीयाली’ अभियान सुरु गरेको छ।

यस अभियानले ग्राहकहरूलाई सेन्सेइ ब्राण्डका घरायसी उपकरणहरूमा आकर्षक छुट र विशेष अफर प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य लिएको छ।

सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन् । जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र टिकाउ हुने वाचा गर्छन्।

यस अभियान अन्तर्गत, ग्राहकहरू सेन्सेइका घरायसी उपकरणहरू खरिद गरी बम्पर ड्रमा भाग लिन सक्नेछन्। बम्पर ड्रमा दुई जना भाग्यशाली विजेताहरूलाई ६५” टेलिभिजन जस्ता ठूलो पुरस्कार प्रदान गरिनेछ। यो अवसरले ग्राहकहरूको चाडपर्वलाई अझ रोमाञ्चक र सम्झनलायक बनाउने बपेक्षा गरिएको छ।

बम्पर ड्रमा सहभागी हुन इच्छुकले क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरी सहभागी हुन सक्ने बताइएको छ । ग्राहकको सुविधाका लागि, सिजी इलेक्ट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि ईएमआई भुक्तानीको सुविधा उपलब्ध गराएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले अफरहरूको फाइदा उठाउन सक्छन्।

सिजी इलेक्ट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो । जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।


क्लिकमान्डु