ज्योति विकास बैंकका ग्राहकलाई ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’मा छुट



काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई ठूलो भर्‍याङस्थित ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’का सेवाहरुमा छुट दिइने भएको छ ।

दुई पक्षबीच भएको नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले सेन्टरमा उपलब्ध खानामा १० प्रतिशत छुट पाउने छन् ।

स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएसन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ । बैंकले यसअघि ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर’सँग सम्झौता गरेर आफ्ना ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गराएको थियो ।

यस्तै काठमाडौंस्थित प्रख्यात ट्र्यांक्विलिटी स्पामा पनि उक्त बैंकका ग्राहकलाई ३० प्रतिशतसम्मको छुट पाउने सम्झौता भइसकेको छ । यसवाहेक बैंकले ‘जस्मिन फटनेस क्लब न्ड स्पा’ लगायत कम्पनीहरुसँग पनि सम्झौता गरी ग्राहकलाई छुटको व्यवस्था गरेको छ ।


क्लिकमान्डु