बेकोको दसैं-तिहार योजनामा ४१ हजारसम्म छुट



काठमाडौं । युरोपको टप ३ घरायसी उपकरण ब्राण्ड बेकोले दसैं-तिहारमा ‘ब्रिङ होम ह्याप्पिनेस’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार रुपैयाँसम्मको आकर्षक छुटका साथै हात खाली नजाने उपहारहरु ल्याएको छ ।

बेकोको वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेंट, डिसवासरको खरिदमा फोरचुन ट्वाइटेल, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटरको खरिदमा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिङ ओवेनको खरिदमा प्रेसर कुकर र एसीको खरिदमा नि:शुल्क जडानको सुविधा ल्याएको छ ।

युरोपको नम्बर १ ब्राण्डको रुपमा चिनिने बेकोले संसारका १ सय ४० भन्दा बढी देशमा आफ्ना उपकरणहरु बिक्री वितरण गर्दै आएको छ । नेपालमा चौधरी ग्रुपले केही वर्षदेखि नेपालको लागि अधिकारिक बिक्री तथा वितरण गरिरहेको बेकोको घरायसी समानहरुमा १००% पार्ट्स उपलब्ध गराउनुको साथै सर्विस ग्यारेन्टी पनि निश्चित गरेको छ ।


क्लिकमान्डु