भविष्यमा सिजी ब्राण्डकै विद्युतीय गाडी बनाउने सपना छ: निर्वाण चौधरी



काठमाडौ ।  चौधरी ग्रुप पछिल्लो समय अटो व्यवसायमा आक्रमक बनेको छ । बजारमा आफ्नो जबरदस्त उपस्थिति बनाएको छ । ५० वर्षदेखि अटोसंग जोडिएको चौधरी ग्रुप करिब ३ वर्ष पहिले नेटासँगै विद्युतीय सवारीसाधन (ईभी)को बजारमा प्रवेश गर्‍यो । तीन वर्षमा यो ग्रुपले ६ वटा नयाँ ब्राण्ड ल्याइसकेको छ ।

मंगलबारदेखि राजधानीमा गाडीहरुको महाकुम्भ मेला नाडा अटो शो-२०२४ सूरु हुँदैछ । यो पटकको नाडा अटो शो मा ११ स्टल सिजी मोटर्सले बुक गरेको छ ।

अटो शो को अवसर पारेर चौधरी ग्रुपको सिजी मोटर्सले चार वटा नयाँ ब्राण्ड लन्च गर्दैछ । ‍ बेचिरहेकै ब्राण्डबाट ७ नयाँ मोडलहरु सार्वजनिक गर्दैछ ।

नेटा चीनमा सफल अटो ब्राण्ड हो । नाडा अटो शो मा नेटाका नयाँ मोडल सार्वजनिक हुँदैछ । कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ मोडल सार्वजनिक हुँदैछ । माइक्रो भ्यान सेग्मेन्टमा किङलङ र केवाईसी नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको छ । स्कुल बसदेखि एम्बुलेन्ससम्म सार्वजनिक गर्ने तयारीमा चौधरी ग्रुप छ । जिईसी ब्राण्डको नयाँ मोडल, बिट्रिस ब्राण्ड स्मार्ट, एक्सपेङ, अवतार लन्च गर्दैछ । नयाँ सेग्मेन्टमा जिलीको रेडार ब्राण्ड लन्च गर्दैछ । यो ईभी पिकअप ब्राण्ड हो । साना कमर्सियल भेहिकलमा डायुन लन्च हुँदैछ ।

हिरोका दुई/तीन वटा नयाँ मोडल सार्वजनिक गर्न लागेको छ ।  चौधरी ग्रुप थप नयाँ ब्राण्डहरु समेत ल्याउने गृहकार्यमा छ । ईभीको इकोसिस्टममा समेत काम गरिरहेको छ । १५० वटा चार्जिङ स्टेसन बनाइरहेको कम्पनीको  दाबी छ । २ वर्षमा दोब्बर बनाउने गरी काम गरिरहेको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी ब्राण्डकै नाममा ईभी बनाउने परिकल्पनामा समेत गरेका छन् ।


दिनेश खड्का