झण्डै ४ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ



प्रहरीका अनुसार यी विदेशी युवकले मलद्वारबाट कोकिन निकाल्ने गरी पेटभित्र निलेर विमानस्थलबाट उम्किएका थिए ।

काठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याथाको एक होटलबाट १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । वारामा कोन नामका आइभरीकोस्टका ३५ वर्षीय युवक पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई पक्राउ गरी आइतबार सार्जनिक गरेको हो । उनको साथबाट बरामद गरिएको लागूऔषध कोकिन ३ करोड ८० लाख रुपैयाँ बराबर रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती युवक इथियोपियाबाट दोहा हुँदै कतार एअरवेजमार्फत् काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । बच्चाको खेलौनामा लुकाएर राखेको अवस्थामा प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो ।

ती युवक मलद्वारबाट कोकिन निकाल्ने गरी पेटभित्र निलेर त्रिभुवन विमानस्थलबाट उम्किएका थिए । ठमेल नजिकै ज्याथाको होटलमा आएर उनले मलद्वारबाट कोकिन निकालेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।


क्लिकमान्डु