कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा छुट



काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा विशेष छुट दिइने भएको छ ।

बैंक र क्लिनिकबीच भएको सम्झौता अनुसार क्लिनिकबाट प्रदान हुने विभिन्न सेवामा कुमारी बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड वा क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

साथै उक्त क्लिनिकमा कुमारी बैंकका ग्राहकहरुलाई चिकित्सकीय परामर्श वा सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुने पनि सम्झौतामा उल्लेख छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले अपेक्षा गरेको छ ।

२३ वर्षयता निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दैआएको छ ।


क्लिकमान्डु