मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १२ जना घाइते



चितवन । मुग्लिङ नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ मा पर्ने घुमाउनेमा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । घाइतेहरुको उपचार भइरहेको छ ।


क्लिकमान्डु