मुस्ताङको खसाङमा ३ वर्षअघि झैं खस्यो हिमपहिरो, थुनियो खोला तर बनेन ताल



काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकामा हिम पहिरो गएको छ । थासाङ-२ बोक्सी खोलामाथि शुक्रबार दिउँसो हिमपहिरो गएको हो ।

थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले छिप्लुङसम्म थुनिएको छ । कोभाङ् गाउँस्थित हिमपहिरो बस्तीमाथि अड्किएको छ । पहिरोको जोखिमपछि बस्तीबासीलाई सारिएको छ ।

हिमपहिरो आएपछि खोला आसपासका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । ९ वटा घर भएको बस्तीका स्थानीय बासिन्दालाई सारिएको छ ।

हिमपहिरोका कारण ८० प्रतिशत पानी थुनिएको छ । भूगोल छिद्र भएका कारण पानीको ताल भने परेको छैन । हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनिएको हो ।

हिमपहिरो घटना दिउँसो दुई बजे अघिको हो । बोक्सी खोला थुनिएको जानकारी आएपछि सुरक्षा टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखिएको हो ।

थासाङ गाउँपालिका माथि मानापाथीबाट खसेको हिमपहिरो करिब १ हजार मिटरको दूरीमा जमेर बसेको हो ।

यसअघि २०७८ कात्तिकमा पानीपाथी हिमालको फेदबाट हिमपहिरो खस्दा थासाङको कोवाङ, नाउरिकोटसहित बोक्सी खोला क्षेत्रका स्थानीयले ज्यान गुमाएका थिए ।


क्लिकमान्डु