नबिल बैंकबाट नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड्स जित्‍ने मौका



काठमाडौं । ‘नमस्ते पे’ले नबिल बैंक मार्फत ‘नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड्स जित्ने नयाँ अफर घोषणा गरेको छ। यो अफर यही भदौ ७ देखि २१ गतेसम्मका लागि मान्य हुनेछ ।

प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन् । साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्मार्ट वाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले इयरपड्स जिन सक्नेछन्।

यो अफरमा सहभागी हुन प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरी अफरको अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तीमा एक पटक भुक्तानी गरेको हुनुपर्छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले यो नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा भएको बताइएको छ ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको बताइन्छ । यस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्छन् ।


क्लिकमान्डु