
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघसँगमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्ने विषयमा महासंघ र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र महासंघको तर्फबाट महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अगामी दिनमा महासंघमा आबद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्नेछ ।
महासंघको अध्यक्ष उमेश प्रसाद सिंहले सम्झौताप्रति खुसी व्यक्त गर्दै अगामी दिनमा झनै सहज तरिकाबाट उद्योगीहरुले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यवसायिक साक्षारतामा बैंकको सहकार्य हुने अपेक्षा गरेका छन् ।
साथै, बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभइकन घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया