सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट



काठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरले विशेष छुटको व्यवस्था गरेको छ । नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले बुद्ध एयरको सेवा लिने क्रममा डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गर्दा ८ प्रतिशत छुट पाउने छन् ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा यस्तो सुविधा पाउने सम्झौतामा उल्लेख छ । छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।


क्लिकमान्डु