सेयर बजारमा नयाँ रेकर्ड, परिसूचकले २९ सय बिन्दु पार गर्यो



काठमाडौं । पछिल्ला दिनमा दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाएको सेयर बजारले सोमबार पनि रेकर्ड राखेको छ ।
सोमबार बजारले कारोबार रकममा नयाँ रेकर्ड बनाएको छ ।

सोमबार २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा यो अहिलेसम्मकै धेरै हो । बजार मापन गर्ने सूचक ७०.८१ अंकले बढेर परिसूचक २९३१.६५ बिन्दु कायम भएको छ ।
३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट र नेपाल फाइनान्स रहेका छन् ।


क्लिकमान्डु