बिहे गर्न केटाले नमानेपछि युवतीद्वारा माइतीघरको पोलबाट हाम फाल्ने प्रयास



काठमाडौं । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।

दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् ।

केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि उनी धर्नामा थिइन् । धर्नामा बसेकी शाही शनिबार हाम फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी उनलाई प्रहरीले उद्धार गरेको छ ।


क्लिकमान्डु