माइतीघरमा कुलमान घिसिङ समर्थित प्रदर्शनकारी र प्रहरीबिच झडप



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप भएको छ ।

माइतीघरबाट सुरु भएको र्‍याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटो मै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो।

झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई पक्राउ गरेको छ।


क्लिकमान्डु