कालीगण्डकी नदीको बाढीले कृषि फार्ममा १२ लाख बराबरको क्षति



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पु¥याएको छ ।

अन्नपूूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि तथा पशुुपंक्षी फार्ममा क्षति भएको हो ।

गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठसय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूूर्ण–२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपिएको छ । फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखरा मरेका र दाना काम नलाग्ने भएको बताए ।

कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो । जनप्रतिनिधि र प्रहरीको टोलीले १२ लाख बराबरको क्षति भएको अनुमान गरेका छन् ।


क्लिकमान्डु