सनराइज म्युचुअल फण्ड अन्तर्गत दुई योजनाको प्रतिफल घोषणा



काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल घोषणा गरेका छन् ।

साउन २४ गते बसेको योजना व्यवस्थापकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को लागि करसहित प्रतिफलको घोषणा गरेको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीलाई करसहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले इकाईधनीलाई करसहित ४.५ प्रतिशत प्रतिफल दिने भएको छ ।


क्लिकमान्डु