जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा



एजेन्सी । जापानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस क्षेत्रमा सुनामी आउनसक्ने भन्दै सचेत गराइएको छ ।

अमेरिकी जियोलोजिकल स्भे अर्थात युएसजीएसका अनुसार जापाको दक्षिणी भागमा ७.१ को तीब्रतामा भूकम्प गएको हो । सामान्यतया जापानमा भूकम्पलाई म्याग्निच्युडमा नभएर तीब्रतामा मापन गरिन्छ ।

जापानी सञ्चारमाध्यमका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोसिमा जस्ता क्षेत्रमा सुनामीको खतरा रहेको भन्दै चेतावनी दिइएको छ ।

जापानका प्रधानमन्त्रीले पनि भूकम्पको विषयमा उद्धारका लागि मातहतका निकायलाई निर्देशन दिएका छन् । सुनामी आउन सक्ने क्षेत्रका बासिन्दालाई छिट्टो सूचना दिने बताइएको छ । थप हानी नहोस् भनेर पर्तयारीका काम गरिएको छ ।

जापानमा बारम्बार भूकम्प गइरहे पनि कतिपय शक्तिशाली भूकम्पले सुनामी निम्त्याउन सक्ने भएकाले हाल त्यसका लागि पूर्वतयारी गरिएको हो ।


क्लिकमान्डु