हिमालयन बैंकको स्वयम्भु शाखा बालाजुमा स्थानान्तरण



काठमाडौं । हिमालयन बैंक लिमिटेडले स्वयम्भु शाखा-२ लाई स्थानान्तरण गरी काठमाडौंको बालाजुस्थित बालाजु शाखाबाट सेवा सञ्चालन गर्न थालेको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा समायोजन गर्ने क्रममा स्वयम्भुको शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका बालाजु-१६ बाट नयाँ सेवा सुरु गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।

हाल बैंकले नेपालभर फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५ सयभन्दा बढी पीओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु