युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेसको समन्वयमा कपिलवस्तुमा नि शुल्क स्वास्थ्य शिविर



काठमाडौं । कृष्णनगरमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा श्रावण १९ गते शनिवार १ दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको होे ।

विहान ९ः३० बजे देखि सुरु भएको उक्त स्वास्थ्य सिविरमा कृष्णनगर लगायत आसपासबाट आएका करिव ४५० जना विरामीहरुले आफ्नो स्वास्थ्य जाँच गराएको छन् ।

१ दिन संचालन हुने उक्त निःशुल्क स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परिक्षण, अल्ट्रासाउण्ड परिक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोग लगाएतको रोगहरुको निःशुल्क जाँच, परिक्षण तथा निःशुल्क औषधी वितरण समेत गरेको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

यस शिविरमा उपस्थित भई नाम लेखाउनु भएका तथा विभिन्न रोगहरुको जाँच गराउनु भएका विरामीहरुले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेस भैरहवाले विशेष छुट तथा सहुलियत दरमा विरामी उपचार समेत गर्ने ट्रष्ट का अध्यक्ष गोयलले बताए ।

यस अघि समेत निःशुल्क स्वास्थ्य सिविर, राहात वितरण, शैक्षिक सामाग्री वितरण, बृक्षारोपण लगाएत विभिन्न सामाजिक कार्यहरु गर्दै आई रहेको स्व. बक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो ।


क्लिकमान्डु