सानिमा रिलायन्स लाइफको लकइन अवधि साउन अन्तिममा सकिने



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सायेरेन्सको संस्थापक सेयर र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि साउन २९ गते सकिने भएको छ ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी र कर्मचारीको नाममा रहेको सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ ।

हाल कुल १ करोड ४३ लाख कित्ता सेयर लक इनमा रहेको छ । जसमा संस्थापकको १ करोड ४० लाख कित्ता र कर्मचारीको ३ लाख कित्ता सेयर लकइनमा रहेको छ ।


क्लिकमान्डु