१० अर्ब ऋण खोज्दै सरकार, वर्षमा दुईपल्ट ब्याज दिने, साँवा भुक्तानी २०९२ सालमा



काठमाडौं । सरकारले बुधबार (आज) १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउन १६ गते १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०९२ जारी गर्न लागेको हो ।

११ वर्ष अवधिको यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, बिमा कम्पनी, संगठीत संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् ।

यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने ऋणपत्र धितोमा राखी कर्जा लिन/दिन पाइनेछन् ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले उठाउने ऋण दिन इच्छुक आवेदकले बुधबार दिउँसो ३ बजेसम्म आवेदन दिन पाइनेछ ।

सोहीअनुसार सरकारले यो ऋण यही साउन १७ गते लिनेछ र २०९२ साल साउन १७ गते सावाँ भुक्तानी गर्नेछ । यो ऋणको ब्याज सरकारले अद्र्धवार्षिक रुपमा भुक्तानी गर्नेछ ।


क्लिकमान्डु