सहकारी छानबिन समितिमा पाण्डेको ठाउँमा बडू



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा नेपाली कांग्रेसले दिलेन्द्रप्रसाद बडूलाई पठाएको छ ।

समितिका सदस्य कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे पर्यटन मन्त्री भएपछि उनको ठाउँमा सांसद बडूलाई पठाइएको हो ।

प्रतिनिधि सभाले गत जेठ १५ गते संसदीय समिति गठन गरेको थियो । समितिको सभापतिमा नेकपा एमालेका सांसद सूर्य थापाको सभापति रहेका छन् ।

समितिमा एमालेका २, कांग्रेसका २, रास्वपा र राप्रपाका १-१ जना सदस्य रहेका छन् । समितिले अनुसूची १ र २ मा रहेका २९ वटा सहकारीको छानबिन गर्दै आएको छ ।


क्लिकमान्डु