सेयर बजारमा हरियाली, सवा १७ अर्बको कारोबार



काठमाडौं । सेयर बजार हरियाली छाएको छ । हरियाली छाउँदा बजार करिब २७ सय बिन्दु नजिक पुगेको छ ।

निकै उतार चढाबका बिच बजारमा हरियाली छाएको हो । बजार ३५.५५ अंकले बढ्दा परिसूचक २६९६.६५ बिन्दु कायम भएको छ ।

३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ ।

बैंकिङ समूहको उपसूचक १२.०५, निर्जीबन बिमा ४८.३५, ट्रेडिङ समूहको उपसूचक २१.२४ अंकले घटेको छ । कारोबारमा विकास बैंक १२४.०५, वित्त १८३.३०, होटल ३९८.१७, जलविद्युत १००.०६, जीवन बिमा ७२.७२, माइक्रोफाइनान्स ५२.१७, अन्य समूहको उपसूचक ६८.०१ अंकले घटेको छ ।

कारोबारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब आधा दर्जन कम्पनीको सेयर मूल्य सर्किट तहमा बढेको छ । एशियन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु