लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, साउन ३१ गते विशेष साधारणसभा



काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ ल्याउने प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले साउन ३१ गते विशेष साधारणसभा डाकेको हो। सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा मध्याह्न १२:३० बजे सुरु हुनेछ ।

सभाले आईपीओको विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्ने बताइएको छ । सभाले आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीको प्रथम वार्षिक साधारण सभा चैत २ गते आयोजना भएको थियो ।


क्लिकमान्डु