हेर्ने होइन त बाघको चर्तिकला ? (तस्बिरहरु)



काठमाडौं । जुलाई २९ आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ । यस दिवसका अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ ।

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।

सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ । उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छ । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ।

सोही अवसरमा आज ललितपुरको जाउवाखेलस्थित सदरचिडिया खानामा बाघ हेर्ने सर्वसाधारणको भीड लागेको छ ।


क्लिकमान्डु