पोखरामा स्कुल बस दुर्घटना, एक जनाको मृत्यु



काठमाडौं । पोखरामा स्कुले विद्यार्थीहरु बोकेको एउटा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना यात्रु घाइते भएका छन् ।

पोखरा महानगरपालिका-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस सोमबार बिहान दुर्घटना भएको हो । जहाँ सोही विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विकको मृत्यु भएको पवखरा प्रहरीले जानकारी दिएको छ ।

साथै बसमा रहेका अरु २९ जना घाइते भएका छन् । घाइतेहरुलाई पोखराकै गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको छ । बस भने सडकबाट केही तल खसेर ठाडो अवस्थामा पल्टिएको थियो । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।


क्लिकमान्डु