बीवाइडीको याङवाङ यू९ डान्सिङ सुपरकार एक महिनापछि बजारमा



एजेन्सी । बीवाइडीको बहुप्रतिक्षित याङवाङ यू९ सुपरकार उत्पादन सुरु भएको छ । साथै अगस्टको अन्त्यमा यसको विक्री सुरु हुने बीवाइडीले घोषणा गरेको छ । अग्रिम माग अनुसार याङवाङ यू९ लाई अगस्टको अन्त्यमा चीनका सबैजसो फ्ल्यागसिप स्टोरहरुमा वितरण गर्ने बताइएको छ ।

कति पर्छ मूल्य

कार खरिदकर्ताहरुले याङवाङको आधिकारिक एप वा याङवाङको विच्याट मिनी कार्यक्रमको माध्यमबाट आफूले सवारी डेलिभरीको अनुमानित समय जाँच गर्न सकिने पनि बीवाइडीले जनाएको छ ।

यदि डेलिभरी ढिलो भएको खण्डमा खरिदकर्ताहरुलाई निर्धारित समयदेखि डेलिभरी हुने वास्तविक समयसम्मको अवधिको प्रतिदिन २ हजार क्रेडिट प्वाइन्ट (२ सय युआन) का दरले क्षतिपुर्ति पनि दिने बीवाइडीले उल्लेख गरेको छ ।

तर यो क्षतिपुर्तिको रकम कार सर्भिसिङका लागि पनि उपयोग गर्न सकिन्छ । अथवा कार लिएको सात दिनभित्र उक्त रकम दिइनेछ । याङवाङ यू९ को मूल्य २ लाख ३२ हजार अमेरिकी डलर पर्नेछ ।

यस्ता छन् फिचर

यो गाडीको लम्बाइ ४,९६६ एमएम, चौडाइ २,०२९ एमएम र उचाई १,२९५ एमएम छ । साथै ह्वीलबेस २,९०० एमएम र २,२९५ केजीको कर्ब वेट हुन्छ । यस्तै कार्बन फाइबर रुफ र रियर डिफ्युजर स्ट्यान्डर्डमा यो कार उपलब्ध हुन्छ । र रेसिङ स्पोइलरको विकल्प पनि यसमा हुनेछ । यू९ कार विशेषगरी सिल्भर, बैजनी र रातो रंगमा उपलब्ध हुन्छ ।

यसको भित्री भाग सिट र भुइँमा भने अत्यधिक कार्बन फाइबर र साबरको प्रयोग गरिएको हुन्छ । जसले विलासी स्पोर्टी कार जस्तो अनुभुति दिने बताइन्छ । साथै चालक सिटतर्फ चालक र यात्रु दुबैतर्फ स्क्रिन भर्टिकल स्क्रिन, इन्स्ट्रुमेन्ट स्क्रिन र प्यासेन्जर इन्टरटेनमेन्ट स्क्रिन जडान गरिएको हुन्छ ।

यस्तै रंगिचंगी लाइट, इन्टेलिजेन्ट स्टार रिभर स्क्रिन, डाइनअडियो प्लेटिनम साउन्ड सिस्टम र मल्टिफङसनल स्पोर्ट्स सिटहरु यसका अतिरिक्त फिचर हुन् । याङवाङ यू९ कारमा बीवाइडीको नयाँ ई४ यू-आकारको मोटर प्रणाली छ । चारवटा मोटर सेटअपले यसमा १६८० एनएमको पिक टर्क प्रदान गर्छ । ३०९.१९ किमी प्रति घण्टाको टप स्पिड दिनुका साथै ९.७८ सेकेन्डको ४०० मिटर स्प्रिन्ट समय दिन्छ ।

यो सुपरकारले ८० किलोवाट किमीको सीएलटीसी रेन्ज प्रदान गर्छ । जसमा जम्मा १० मिनेटमा ८० प्रतिशतसम्म दोहोरो फास्ट चार्जिङको क्षमता हुन्छ । जवकि यति नै ब्याट्री चार्जिङका लागि ७ घण्टाको सुस्त चार्जिङ आवश्यक पर्छ । याङवाङ यू९ मा डिसस-एक्स सस्पेन्सन र स्टेबिलाइजेसन सिस्टम पनि उपलब्ध हुन्छ ।

जसले यसका तीन टायरलाई चल्न, गुड्न र डान्स गर्न पनि सक्षम बनाउँछ । अर्थात् यो प्रविधिले कारका टायरलाई एक किसिमको डान्सिङ फिचर दिएको हुन्छ ।

बीवाइडीले स्वामित्व लिएपछि यो कारको लाइफटाइम (टिकाउ समयभर)का लागि ब्याट्री, इलेक्ट्रिक मोटर र इलेक्ट्रिक कन्ट्रोल सिस्टमका लागि वारेन्टीमा अपडेट गरेको छ । ३१ जुलाइ २०२४ सम्म भुक्तानी दिने ग्राहकका लागि बीवाइडीले उपहारको रुपमा एक अतिरिक्त टीपीयू पेन्ट प्रोटेक्सन फिल्म पनि दिने घोषणा गरेको छ ।


क्लिकमान्डु