सौर्य जहाज दुर्घटनाका ११ शव परिवारले बुझे



काठमाडौं । त्रिभुवन विमानस्थलमा गत बुधबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका ११ जनाको शव उनको परिवारले बुझेका छन् ।

महाराजगञ्जस्ति त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पतालका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् । एकै परिबारका श्रीमान्, श्रीमति र एक जना नावालक बालक थिए ।

विदेशि नागरिकको शव भने आवश्यक प्रक्रिया पूरा गरेर मात्रै सम्बन्धित निकायलाई उपलब्ध गराइने बताइएको छ । केही मृतकको आफन्त विदेशमा भएकाले नेपाल आइसकेपछि मात्रै मृतकको शव बुझ्ने अस्पताल प्रशासनले जनाएको छ ।

बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमा त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनको मृत्यु भएको थियो ।


क्लिकमान्डु