टेस्लाको नाफा ४० प्रतिशतले घट्यो



एजेन्सी । यस वर्षको दोस्रो त्रैमासिकमा टेस्लाको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४० प्रतिशतभन्दा बढीले घटेको छ । विद्युतीय सवारीको कडा प्रतिस्पर्धाका बीच व्यापार सुस्त भइरहँदा टेस्लाको व्यापार घटेको रिपोर्ट सार्वजनिक भएको हो ।

प्रारम्भिक चरणमा विद्युतीय सवारीमा छलाङ मारेको अमेरिकी कम्पनीको यस्तो गिरावटले स्वदेशी र विदेशी कम्पनीहरुबाट कति कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ भन्ने कुरा देखाउने पनि बताइएको छ । यससँगै विद्युतीय सवारीको बजार परिपक्व भएपछि भने उपभोक्ताहरुमा यसप्रतिको रुची घटेको पनि बताइन्छ ।

टेस्लाले यसै वर्षको त्रैमासिकमा १ अर्ब ८० करोड अमेरिकी डलरको समायोजित आय वा प्रतिसेयर ५२ सेन्ट आम्दानी गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जवकि प्रतिसेयर ६१ सेन्ट कमाइ गर्ने विश्लेषकहरुको अनुमान थियो । गत वर्ष भने प्रतिसेयर ९१ सेन्ट आय गरेको थियो । यसबीचमा ईभी कम्पनी मूल्य कटौती गर्नुपर्ने अवस्थाबाट पनि गुजिएको थियो ।

गत अप्रिलदेखि जुन महिनासम्ममा सबैभन्दा धेरै बिक्रीको मात्रा घटेको पहिलो त्रैमासिक अवधि पनि हो । यद्यपि टेस्ला सार्वजनिक भएको प्रारम्भिक चरणमा नै कोरोना महामारीको अवस्था सामना गर्नु पर्दा यसको बिक्रीमा भारी गिरावट आएको थियो ।

यी चुनौतीका बीच टेस्लाले वार्षिक रुपमा बिक्रीको लक्ष्य पनि दिएको छैन । तर यो कम्पनीले २०२४ मा भने २०२३ को बिक्रीभन्दा ज्यादै कम हुनसक्ने प्रक्षेपण गरेको थियो ।

टेस्लाका सीईओ एलन मस्कले सार्वजनिक विज्ञप्तिपछि लगानीकर्ताहरुको आह्वनमा बजारमा अब अन्य सवारि निर्माताहरुका ईभीको गुणस्तरको आलोचना गर्दै आफूले टेस्लाको लागि अल्पकालीन मुद्दा राखेको बताएका थिए । उनले अब कारका लागि मात्रै नभएर विमानका लागि पनि पूर्ण रुपमा विद्युतीय साधनतर्फ विश्वका मानिसहरु अग्रसर भइरहनेमा टेस्ला विश्वस्त रहेको बताएका थिए ।


क्लिकमान्डु