आईएमई लाइफको रेटिङ सुध्रियो, यस्तो छ कारण



काठमाडौं । आईएमईलाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँदछ ।
कम्पनीले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हितकारीको सुरक्षाको निम्ति आफ्ना जोखिमलाई न्युनीकरण गर्दै लगेको समेत रेटिङले थप पुष्टि गरेको कम्पनीले जनाएको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ दिएकामा यसपाली स्तरोन्नती भएको हो ।

आर्थिक वर्ष २०८०/८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ सुधारिएको कम्पनी दाबी छ । कम्पनीले निरन्तर रुपमा बिमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ ।

रेटिङ एजेन्सीले आव २०८०/८१ मा हकप्रद तथा सार्वजनिक सेयर जारी गरे पश्चातको कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मूल्यांकन गरेको छ । जसले गर्दा गत आवमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थता (सोल्भेन्सी प्रोफाइल) मा सुधार भएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पुँजीलाई ५ अर्ब रुपैयाँ पुर्‍याइसकेको छ ।


क्लिकमान्डु