बीवाईडीले नाडा अटो शोमा  एम-६  ल्याउने, यो कस्तो कार हो ?



काठमाडौं । बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एम-६ कार ल्याउने भएको छ ।

कम्पनीले बिवाईडीको एम-६ नाडा अटो शोमा ल्याउने पक्का भएको हो । साइमेक्स इंकले नयाँ विभिन्न मोडलका कारहरु ल्याउने विषयमा अध्ययन गरिरहेको थियो । नाडा अटो शो को मौका पारेर नयाँ मोडलको कार ल्याउन लागेको हो । कम्पनीले यसबारे औपचारिक जानकारी भने दिएको छैन । नाडा अटो शो भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुदैछ ।

बिवाईडी बहुउदेश्यीय कार हो ।  यो कारको मिनिभ्यान जस्तो बडी स्ट्रक्चर छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हालसालै चीनमा राईट ह्याण्ड ड्राइभ भर्सन भएको एम-६ कार देखिएको थियो । बिवाईडीले दोस्रो भर्सनको रुपमा अल न्यु एम-सिक्स ल्याएको हो ।

बिवाईडीले १०१९ मा ल्याएको सोङ म्याक्समा आधारित रहेर तयार पारेको छ । ७१.७ किलोवाट आवर ब्लेड ब्याट्री छ  । ५०० किमीभन्दा बढी रेन्ज दिनेछ । नेपालमा ८० किलोवाट मोटरमा ल्याउने सम्भावना छ ।


क्लिकमान्डु